आगलागी पीडितलाई थप राहत*
**आगलागी पीडितलाई थप राहत**
बेलडाँगीमा भएको आगलागीमा परी विचल्नीमा परेका ५६ परिवारलाई आज लुथरन विश्व फेडेरेशनले राहत प्रदान गरेको छ ।
फेडेरेशनले प्रति परिवार थाल, गिलास ४/४ थान, भाँडा ३ थान, डाडु/पन्यू १/१ थान, फोहोर व्यवस्थापन भाँडा १ थान वितरण गरेको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ ।
यसैगरी पञ्चवती विhttp://purbelitimes.com/wp-content/uploads/2012/03/rahat-bhanda.jpgद्यालयको भवनमा सामुहिक रुपमा बसेका पीडित शरणार्थीको सुरक्षाका लागि थप ८/८ वटा लालटिन र टर्च लाइट उपलव्ध गराएको छ ।
यस्तै शिविर व्यवस्थापन समितिको अगुवाईमा सशस्त्र प्रहरी, लुथरन विश्व फेडेरेशन, आम्दा नेपाल, शिविर रेखदेख समिति, ह्याप्पी नेपाल लगायतका संस्थाका प्रतिनिधिले आगलागी भएको क्षेत्र सरसफाई गरेका छन् ।
शुक्रबार नेपाल सरकार जिल्ला प्रशासन कार्यालय झापा मार्फत प्रति परिवार १ हजार नगद, विश्व लुथरन फेडेरेशन, नेपाल रेडक्रस सोसाइटी, विश्व खाद्य कार्यक्रम लगायतले पीडित शरणार्थीको बसाई व्यवस्थापनका सामाग्री प्रदान गरेको थियो ।
विहीबार राती भूटानी शरणार्थी शिविर बेलडाँगीमा २ भएको आगलागीमा १४ लाख रूपैंया बराबरको धनमाल नष्ट भएको अनुमान गरिएको छ भने आगलागीमा परी १३ बालबालिका, ५ जना अपाङ्ग सहित २ सय ४१ जना विचल्नीमा परेका छन् ।
पीडित शरणार्थीहरुलाई पञ्चवती विद्यालयको ६ वटा शाखा भवनमा सुताउने र शिविर व्यवस्थापन समितिले सामुहिक खाना खुवाउने व्यवस्था गरेको समितिले जानकारी दिएको छ ।

Post a Comment