काठमाण्डू विकेन्ड ग्रस : २५ लाख

स्काइ मूभिजको सिनेमा ‘काठमाण्डू’ले पहिलो सप्ताहन्तमा औषत ओपनिङ गरेको छ । उसले २५ लाख ग्रस मार्क गर्‍यो । निर्देशक तथा निर्माता आकाश अधिकारीले आफ्नो सिनेमाबारे एक ब्रोडसिटले गरेको समिक्षाको प्रतिरक्षा गर्दै लेखेको लेखमा कलेक्सनको पुष्टि गरेका हुन् । उनले कलेक्सनलाई राम्रो भनेका छन् तर, यो अधिकांश नेपाली सिनेमाको ओपनिङ औषत हो । ‘लुट’ले तीनदिनमा ३२ लाख ग्रस कलेक्सन गरेको थियो ।
‘काठमाण्डू’ स्पर्धी ‘छविलाल कञ्जुस छैन’ले सप्ताहन्तमा २२ लाख सेयर संकलन गरेको थियो । ‘काठमाण्डू’ कलेक्सन तीन लाखले बढी हो । ‘काठमाण्डू’ राजधानी उपत्यकाका अढाइ दर्जन थिएटरमा स्क्रिनिङ भैरहेको छ । ‘काठमाण्डू’को उक्त कलेक्सनमा मल्टिप्लेक्स थिएटरको योगदान बढी छ । राजधानीका प्रमुख मल्टिप्लेक्समा सिनेमा दौडिरहेको छ । यद्यपी, समिक्षकहरूले ‘काठमाण्डू’लाई दुईभन्दा माथिको रिभ्यू रेटिङ दिएका छैनन् ।
सिनेमाको डायलग ‘गलत संगतको परिणाम गलत नै हुन्छ’लाई प्रतीकात्मक तुल्याउँदै समिक्षक दीपेन्द्र लामाले ‘गलत फिल्मको परिणाम गलत नै हुन्छ’ भनेर लेखेका थिए । अधिकारीले आफ्नो सिनेमाको प्रतिरक्षा गर्दै मंगलबार प्रकाशित एक ब्रोडसिटमा पाठकपत्र लेख्दै प्रष्टीकरण दिएका छन् । पत्रमा अधिकारीले ‘आफूले सिनेमालाई पूर्णतयाः दोषरहित पनि भन्दिँन’ लेखेका छन् ।
Share this post :

Post a Comment

Test Sidebar

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. BAG NEWSBLOG - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger