नेपाली बिद्यार्थीका लागि पहिलो रोजाईको गन्तब्य मानिने अमेरिकामा यो बर्ष पढ्न जाने नेपाली विद्यार्थीको संख्या घटेको छ । अमेरिकी विदेश मन्त्रालयको शैक्षिक तथा सांस्कृतिक ब्युरोको सहकार्यमा इन्स्टिच्युट अफ इन्टरनेशनल एजुकेसनले तयार पारेको पछिल्लो प्रतिवेदनले सन् २०१०/११ मा अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीको संख्या करिव ८ प्रतिशतले घटेको जनाएको छ ।
तथ्यांकअनुसार शैक्षिक सत्र सन् २०१०/११ मा अमेरिकामा पढ्ने नेपाली विद्यार्थीको संख्या १० हजार ३ सय १ छ । जबकी शैक्षिक सत्र २००९/१० मा ११ हजार २ सय ३३ जना नेपाली विद्यार्थी पढ्नका लागि अमेरिका गएका थिए । अमेरिकामा पढ्न जाने नेपाली विद्यार्थीको संख्या घटेको यो लगातार दोश्रो वर्ष हो । यसअघि शैक्षिक सत्र २००८/०९ मा ११ हजार ५ सय ८१ जना नेपाली विद्यार्थीले अमेरिकामा पढ्ने गरेकोमा २००९/१० मा त्यो संख्या ३ प्रतिशतले घटेको थियो ।

Post a Comment