आर्यनले बनाउने भए होस्टेल

अभिनेताबाट निर्माता बन्न लागेका आर्यन सिग्देलको होमप्रोडक्सन सिनेमालाई ‘होस्टेल’ नामाकरण गरिएको छ । निर्मातामध्येका एक अर्जुन कुमारले सिनेमाको नामलाई चलचित्र विकास बोर्डमा दर्ता गरिएको बताए । गतसाता ‘लुट’ निर्माता नरेन्द्र महर्जन, ‘चपली हाइट’ निर्माता अर्जुन कुमार र अभिनेता सिग्देलले सिनेमा निर्माण गर्ने सहमति गरेका थिए । ४० लाख बजेटको सिनेमा मार्च अन्त्यबाट फ्लोरमा जानेछ ।
आर्यन स्वयम नै सिनेमाका लिड एक्टर हुनेछन् । अपोजिट एक्ट्रेस तय गरिएको छैन । सिनेमालाई युवापुस्ताका एक लोकप्रिय निर्देशकले निर्देशन गर्ने बताइएपनि निर्माताको आग्रहमा समाचारमा उनको नाम नलेखिएको हो । ती निर्देशकले डेढवर्षयता सिनेमा निर्देशन गरेका छैनन् । एक्सन र लभस्टोरी सिनेमामा आर्यनलाई परम्परागत लुक्सभन्दा भिन्नरुपमा प्रस्तुत गरिने बताए । ‘आर्यनलाई भिन्न लुक्स दिनेछांै’ अर्जुनले भने, ‘कपाल कटाएर र भिन्न गेटअपमा देखाउनेछौं ।’
पछिल्ला प्रोजेक्टमा आर्यनको भगिंमा एउटै हुँदै आइरहेको छ । ‘आइएम सरी’ ह्याङ सकिएपछि आर्यन ‘होस्टेल’मा लाग्नेछन् । हिरोबाट प्रोड्युसर बनेका दिलीप रायमाझीको बाटोलाई आर्यनले पनि पछ्याएका छन् ।

के आर्यन यसमा सफल होलान् ?
स्रोत:मेरो सिनेमा
Share this post :

Post a Comment

Test Sidebar

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. BAG NEWSBLOG - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger