अमेरिकामा नेपाली कलाकारहरुले धुम मच्चाउने

अमेरिकाको बे एरियामा आउदो फेब्रुअरी १८ तारिखमा दोहोरी साँझ कार्यक्रम हुने भएको छ । बिउल्डन डट ओराजीसँगको सहकार्यमा चेली समूहको आयोजनामा अमेरिकाको भेट्रान्स मेमोरियल चर्च, स्टकटन भेन्यू, एल सेरिटोमा हुने छ ।कार्यक्रममा नेपालवाट नेपाली कालाकारहरु शम्भुजित बास्कोटा, बिमल कुमार डाँगी, मालिका कार्की र युना उप्रेतीले आआफ्नो गीत प्रस्तुत गर्ने आयोजकले जनाएको छ । त्यस्तै कार्यक्रममा स्थानिय कलाकार अमुल शेरचनले पनि आफ्नो गीत प्रस्तुत गर्ने छन् । बिउल्डन डट ओराजीको परियोजनामा सघाउने उदेश्यले कार्यक्रमको कायोजना गरिएको आयोजकले जनाएको छ ।उक्त परियोजनालाई सफल वनाउन कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा सहभागिता जनाउनका लागी आयोजकले संस्थाका सदस्यहरुसंग सम्पर्क राख्न अनुरोध गरेको छ ।
Share this post :

Post a Comment

Test Sidebar

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. BAG NEWSBLOG - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger