बेलडाँगी बजार व्यवस्थापन कार्य सुरु


लामो समयदेखि विवाद परेर अलपत्र परेको बेलडाँगी बजार व्यवस्थापनका लागि भिट्टा वितरण कार्य शुरु भएको छ ।
बेलडाँगी बजार | फाइल फोटो / बि. एन्. एस्
दमक नगरपालिकाले स्थानीय बासिन्दासँग भाडामा लिएको जग्गालाई आवश्यक व्यवस्थापन गरी व्यवसायका लागि वितरण कार्य सुरु गरेको बेलडाँगी बजार व्यवस्थापन समितिका सचिव चन्द्रप्रसाद गुरागाँईले बताए ।
समितिले शुक्रबारसम्म १ सय बढी व्यवसायीको नाम दर्ता गरिसकेको जानकारी दिएको छ । समितिले बेलडाँगी बजार र शिविरभित्र सडक आसपास क्षेत्रका अव्यवस्थित पसललाई पिपिरे लाइनको नयाँ बजार क्षेत्रमा व्यवस्थापन गर्ने जानकारी दिएको छ ।
पछिल्लो समय साँघुरो बेलडाँगी बजार क्षेत्रमा सडक आसपासमा टहरे व्यवसाय संचालनमा आएपछि बजार ज्यादै अव्यवस्थित भएको समितिका अध्यक्ष नैनसिंह भण्डारीले बताए ।
समितिले शिविरभित्र र बाहिरका सडक क्षेत्रका व्यवसायीलाई नयाँ बजार क्षेत्रमा आउनका लागि पटक पटक जानकारी गराई राखेको र अटेर गरी संचालन गरे आवश्यक कार्वाहीका लागि नगरपालिका कार्यालय मार्फत कार्वाही सुरु गरिने बताएको छ ।
Share this post :

Post a Comment

Test Sidebar

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. BAG NEWSBLOG - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger